समय : १२:१९ pm | बिहिबार , माघ ८ गते २०८२

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ।

स्वर्गद्वारी अपडेट | माघ ७ गते २०८२

प्युठान।मंगलबार उत्साहजनक र शान्तिपूर्ण रुपमा प्रतिनिधिसभाका लागि उमेदवारी दर्ता सम्पन्न भएपछि आज उमेदवारको विरोधमा आज उजुरी दिन सकिने कार्यतालिका रहेको छ ।

निर्वाचन आयोगले निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता गरेका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने बताएको छ । 

माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ भने माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

यसैगरी माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।

यो पनि पढ्नुहोस्