समय : ०८:०६ pm | आइतबार , फागुन १० गते २०८२

अरुको गोठमा बस्दै आएका सुरेशको आफ्नै घर बन्यो

४ लाख ३४ हजार ४६७ रुपैंया घर निर्माणमा खर्च भएको थियो।

स्वर्गद्वारी अपडेट | पौष १५ गते २०८२

प्युठान।अरुको गोठमा बसोबास गर्दै आएका सुरेश गिरीको एक अभियान मार्फत घर निर्माण गरि मंगलबार हस्तान्तरण गरिएको छ।घर निर्माणका लागि गत जेठ महिनाबाट आर्थिक संकलन गर्ने अभियान सुरु गरिएको थियो।

मल्लरानी गाउँपालिका -५ खैराका ४२ वर्षे सुरेश गिरि जन्मजात अपांगता  हुन्।भारतमा कामदारको रुपमा लामो समय बस्दै आएका सुरेशको बुवा अमर गिरको खुट्टामा क्यान्सर भएर उपचारको क्रममा भरतमै मृत्यु भएका थियो।करिव १६ वर्ष भारतमा बसोबास गर्दै गिरीको परिवार डेढ वर्ष अघि नेपाल फर्किएका थिए।प्युठानको मल्लरानी गाउँपालिका-५ खैरामा अरुको गोठमा बसोबास गर्दै आईरहेका गिरीको परिवार अहिले आफ्नै घरमा बस्न पाउदा खुसीले दंग छन्।

उनका जेठा छोरा सुरेश गिरि आमालाई खोज्दै खलंगा जाने क्रमममा थापडाडा स्थित जंगलमा अचेत अवस्थामा फेला परेका थिए।उनलाई प्रहरी तथा स्थानीयहरुले उपचारका लागि प्युठान अस्पताल ल्याइएको थियो।उनको पारिवारिक स्थित दयनीय अवस्था भएकोले उपचारको लागि पत्रकार बोम बहादुर परिवारले आर्थिक संकलन अभियान संचालन गरेका थिए।

सोहि अभियान संगै साइन रेसुंगा बैंक खलङ्गा शाखाका प्रबन्धक एवं गिरीका छिमेकी बिन्जुन बस्नेतले घर निर्माणका लागि आर्थिक अभियान संचालन गरेका थिए।शौचालय सहित ४ कोठे भवन निर्माणमा अग्रणी भूमिका निभाएका बस्नेतले मठ मन्दिरमा धाउने भन्दा पनि मानवीय सेवा गर्दा नै धर्म हो भन्ने उदेश्यका साथ घर निर्माण अभियान चलाएको बताए। ‘घर त जसोतसो  निर्माण गरियो।’ उनले भने, ‘अब गिरीको परिवारको लागि दैनिक जिबिकोपार्जन संचालन गर्न सहयोगी मनहरु जुटेमा उक्त परिवारलाई राहत हुने थियो।’आगामी दिनहरुमा सो परिवारको नाङ्गो भोको ढाकिदीनका लागि    बिभिन्न सरोकारवाला निकायहरु सहयोग गर्नुपर्ने उनको भनाई छ।

घर हस्तान्तरण कार्यक्रमको अध्यक्षता जिल्ला समिति सदस्य गुणेन्द्र बस्नेतले गरेका थिए। प्युठान उद्योग बाणिज्य संघका अध्यक्ष सन्देश आचार्य, जिल्ला समन्वय समिति प्युठान सदस्य निर्मला पोखरेल, वडाध्यक्ष गोपाल बहादुर थापा मल्लरानी गाउँपालिका -३ का वडाध्यक्ष नोमराज  पौडेल,स्थानीय छन्द बहादुर बस्नेत,भोज बहादुर बस्नेत लगाएका स्थानीयहरु उपस्थित रहेका  थिए।

४ लाख ३४ हजार ४६७ रुपैंया घर निर्माणमा खर्च भएको थियो।हाल त्यो घरमा  ७० वर्षीय सुरेशको आमा जानका गिरी, ३७ वर्षीय आशा गिरी र २८ वर्षीय अर्जुन गिरी बसोबास गर्दै आएका छन्।हस्तान्तरण कार्यक्रमको  संचालन शाखा प्रवन्धक बिन्जुन बस्नेतले गरेका थिए।

यो पनि पढ्नुहोस्