समय : ०८:०६ pm | आइतबार , फागुन १० गते २०८२

प्युठानबाट परेनन् रास्वपाका समानुपातिक उम्मेदवार

स्वर्गद्वारी अपडेट | पौष १५ गते २०८२

प्युठान।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका समानुपातिक उम्मेदवारको सूचि सार्वजनिक गरेको छ।पार्टीले  आफ्नो १ सय १० समानुपातिक सांसदको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।

रास्वपाको उम्मेदवार छनौट प्रक्रियाको प्रारम्भिक सूचिमा प्युठानबाट समानुपातिकतर्फ २ जनाको नाम सिफारिस भएको थियो।सिफारिस हुनेमा दलितबाट लोकनाथ बिक र खस आर्यबाट भेष बहादुर ढकाल रहेका थिए।

रास्वपाको १ सय १० समानुपातिक सांसदको बन्दसूचीमा प्युठान र अर्घाखाँचीबाट समानुपातिक सांसदमा छनौट भएका छैनन्।  

यो पनि पढ्नुहोस्