छाती छेड्न त, यसलाई पनि आउँछ
जस्तो प्रेमलाई आउँछ
रातो रङ यसलाई पनि मन पर्छ
तिमी त झन्, हुरुक्कै हुन्छ्यौ, रातो रङ भनेपछि
कहिलेकाहिँ,
एउटै कुरा दुईटालाई मनपर्नु, कति खतरनाक हुन्छ
बन्दूकलाई केहि कुरा मनपर्नु मात्र पनि,
कति खतरनाक हुन्छ
बन्दूकलाई केहि पनि कुरा मन नपर्नु त,
झन् खतरनाक हुन्छ
तिमीलाई बन्दूक मनपर्नु र बन्दूकलाई तिमी मन पर्नु
दुबै खतरनाक कुरा हुन्
बन्दूकले जे-जेलाई छुन्छ, त्यो विद्रुप भईदिन्छ
प्रीय, जतिसुकै प्रेम गर यो बन्दुकलाई
यसको नालबाट गुलाबको फूल निस्किदैन
यो त सधैं जीवनको विरुद्धमा हुन्छ।
#मौनव्रत








