समय : ११:१७ pm | आइतबार , फागुन १० गते २०८२

प्युठानबाट समानुपातिकतर्फ रास्वपाका २ जना सिफारिस

प्रारम्भिक चुनाव गरी पुस १४ गतेसम्म अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिने  रास्वपा प्युठानका सभापति बिकास पोखरेलले जानकारी दिए। 

स्वर्गद्वारी अपडेट | पौष ४ गते २०८२

प्युठान।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचि सार्वजनिक गरेको छ।

प्युठानबाट समानुपातिकतर्फ २ जनाको नाम सिफारिस भएको छ।सिफारिस हुनेमा दलितबाट लोकनाथ बिक र खस आर्यबाट भेष बहादुर ढकाल रहेका छन्।   

समानुपातिक उम्मेदवार बन्न आवेदन दिएका ३५२ जनाको नाम पुस ३ गते सार्वजनिक भएको हो।जसमा सबैभन्दा धेरै बागमति प्रदेशबाट ९४ जना छन् भने कर्णालीबाट २० जना मात्र छन्।

सार्वजनिक गरिएको तालिका अनुसार पुस ४ गतेसम्म उम्मेदवार उपर दाबी विरोध गर्ने समय तोकिएको र प्राप्त दाबी विरोध उपर छानबिन गरी पुस ५ गते उम्मेदवारहरूसँग सातै प्रदेशमा छलफल तथा पुस ६ देखि ११ गतेसम्म ‘लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटी’ को मापन र प्रारम्भिक चुनाव गरी पुस १४ गतेसम्म अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिने रास्वपा प्युठानका सभापति बिकास पोखरेलले जानकारी दिए। 

यो पनि पढ्नुहोस्