प्युठान।आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ प्युठानबाट ३ जनाको नाम सिफारिस भएको छ।
प्रत्यक्षतर्फ प्रा.डा गोबिन्दराज पोखरेल, खिमानसिंह रायमाझी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरिएको नेपाली कांग्रेस प्युठानका सचिव एन पी मगरले बताए।
यस्तै समानुपातिकमा देवी राम पुन मगर र निसा योगीको नाम सिफारिस भएको सचिव मगरले जानकारी दिए।
राष्ट्रिय सभा तर्फ दिवाकर गौतम, मुक्ति प्रसाद शर्मा, इश्वरसिंह बिष्ट, भगवता थापा, मान बहादुर वली, कमल पोखरेल, सनत श्रेष्ठ, खगेश्वर थापा र तिलक बिष्टको नाम सिफारिस भएको नेपाली कांग्रेस प्युठानले बताएको छ।
प्युठानबाट २०७९ मा प्रत्यक्ष तर्फ नेकपा एमालेका सुर्य थापाले बिजयी हासिल गरेका थिए।








