प्युठान। रोल्पाको रुन्टिगढी गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ।शनिबार दिउँसो २:३० बजेतिर सखी स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
होलेरीबाट सखि तर्फ जादै गरेको लु ३ त ७११६ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।ट्याक्टर चालक ५२ वर्षिय मोहन बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ।
घाईतेलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा लगिएको थियो।तर उपचारको क्रममा डा. ले मृत घोषणा गरेका थिए।







