समय : १२:३६ pm | बुधबार , मंसिर ३ गते २०८२

ई–ड्राइभिङ लाइसेन्स आवेदन सेवा पुनः सञ्चालन

स्वर्गद्वारी अपडेट | कार्तिक ३० गते २०८२

काठमाडौ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिने प्रणाली फेरि सञ्चालनमा आएको छ। यातायात व्यवस्था विभागको डेटा सेन्टरमा उत्पन्न समस्या कारण हिजोदेखि रोकिएको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (ईडीएल) सेवा आज बिहानदेखि पुनः सुचारु भएको विभागले जनाएको छ।

हिजो पावर सप्लाईमा समस्या आएपछि सेवा बन्द भएको थियो। विभागका अनुसार अब नयाँ पावर सप्लाई जडान भइसकेकाले भविष्यमा विद्युत् आपूर्ति बन्द भए पनि वैकल्पिक माध्यमबाट सेवा सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको छ।

जेनजी आन्दोलनका क्रममा क्षति पुगेपछि पूर्ण रूपमा ठप्प रहेको यो सेवा कात्तिक १६ गतेदेखि आंशिक रूपमा मात्र चलिरहेको थियो। अहिले देशभरका ४२ मध्ये ३८ यातायात व्यवस्था कार्यालयबाट ईडीएल सेवा उपलब्ध गरिएको विभागले जानकारी दिएको छ।

यो पनि पढ्नुहोस्