समय : ०३:११ am | शनिबार , कार्तिक २८ गते २०८२

कस्तो हुनेछ आजको मौसम ?

स्वर्गद्वारी अपडेट | कार्तिक २८ गते २०८२

काठमाडौं । देशका केही प्रदेशमा आज आंशिक बदली रहनेछ । यद्यपि, मुख्यतया मौसम सफा रहनेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ । 

यो पनि पढ्नुहोस्