समय : ०३:२२ pm | बिहिबार , कार्तिक २७ गते २०८२

यस्तो रहनेछ आजको मौसम

स्वर्गद्वारी अपडेट | कार्तिक २३ गते २०८२

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

यो पनि पढ्नुहोस्