समय : ११:२१ pm | बिहिबार , कार्तिक २७ गते २०८२

गुल्मीमा बुबाआमामाथि छोराको आक्रमण: बुबाको मृत्यु, आमा गम्भीर घाइते

स्वर्गद्वारी अपडेट | कार्तिक १६ गते २०८२

गुल्मी । आफ्नै बुबा ५० वर्षीय धन बहादुर विकको हत्या गरेको अभियोगमा गुल्मीको मालिका गाउँपालिका-३ म्याल बस्ने २३ वर्षीय भोट बहादुर विक पक्राउ परेका छन् ।

भोट बहादुरले हँसिया र काठ ठोक्ने मुहुरोले प्रहार गर्दा धन बहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पुर्कोटदह र प्रहरी चौकी अर्खवाङबाट खटिएको प्रहरीले भोट बहादुरलाई पक्राउ गरेको हो ।

साथै उक्त घटनामा गम्भीर घाइते भएकी भोट बहादुरकी आमा दिलमाया विकको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो पनि पढ्नुहोस्