दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ जंग्रहवा बस्ने मोतिराम डाँगीको घरमा जुवातास खेलिरहेका अवस्थामा सोही उपमहानगरपालिका-६ बाट ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ९२० रूपैयाँसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।








