समय : ०२:२७ pm | शनिबार , कार्तिक ८ गते २०८२

कस्तो छ आजको मौसम पूर्वानुमान ?

स्वर्गद्वारी अपडेट | कार्तिक ८ गते २०८२

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको नरहेको जनाएको छ । साथै हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको जानकारी दिएको छ ।

आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ भने कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना  रहेको विभागले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्