समय : ०९:५६ pm | बिहिबार , असाेज ३० गते २०८२

दाङमा जुवातास खेलिरहेका ११ जना पक्राउ

स्वर्गद्वारी अपडेट | असाेज ३० गते २०८२

दाङ । दाङको घोराही उपमहानगरपलिका-१५ शहिद गेट नजिक रहेको होटल सुपर लजबाट जुवातास खेलिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका-६ बस्ने ४८ वर्षीय सुरेन्द्र हमाल समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८८ हजार ८ सय २० रूपैयाँ र ११ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

यो पनि पढ्नुहोस्