समय : ०६:१९ pm | बिहिबार , असाेज ३० गते २०८२

कस्तो छ आजको मौसम पूर्वानुमान ?

स्वर्गद्वारी अपडेट | असाेज २६ गते २०८२

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यस्तै हाल देशको पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको विभागले जानकारी दिएको छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ भने राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । आगामी २४ घण्टाका मौसम सम्बन्धि कुनै किसिमको चेतावनी रहेको छैन ।

यो पनि पढ्नुहोस्