समय : ०६:१९ pm | बिहिबार , असाेज ३० गते २०८२

कस्तो छ आजको मौसम पूर्वानुमान ?

स्वर्गद्वारी अपडेट | असाेज २५ गते २०८२

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले असोज २४ गते शुक्रबारदेखि यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट बहिर्गमन भएको जनाएको छ ।

हाल  हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ भने कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने विभागले जानएको छ ।

यो पनि पढ्नुहोस्