काठमाडौँ । मुग्लिन नारायणगढ सडक खण्ड फेरी अवरुद्ध भएको छ ।
सडक खण्डको तुइन खोला पुल नजिकै वर्षातको कारण माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको छ । अहिले मेशिन पहिरो स्थानमा पुगी पहिरो पन्छाउने कार्य सुचारु भैसकेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । डिभिजनले अबको ३० मिनेटमै पहिरो पन्छाई यातायात आवागमन संचालनमा आउने जानकारी गराएको छ ।
रोकिएका सवारीसाधनहरू कृपया संयमित भई लेन अनुशासन पालना गर्न डिभिजनले अनुरोध गरेको छ ।






