प्युठान।स्वर्गद्वारी नगरपालिकाले प्रवाह गरेका सार्वजनिक सेवाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ।स्वर्गद्वारी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो।
नगरपालिकाको आयोजना र स्काईल्याण्ड मल्टिमिडिया प्रा.लीको संयोजनमा स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ जिमुरपाटा स्थित सुचना पार्कको प्राङ्गणमा मंगलबार सम्पन्न भएको छ।कार्यक्रममा सेवाग्राहि नागरिक, राजनीतिक दल,साझेदारी संस्था,नगरपालिकाका कर्मचारीहरु लगाएत सरोकारवालाहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ को दोस्रो चौमासिकमा सम्पादन गरेका सार्वजनिक सेवाको प्रभावकारिताको सम्बन्धमा नागरिकहरुले आफ्नो प्रश्न तथा गुनासोहरु राखेका थिए ।

नागरिकहरुबाट प्राप्त भएका गुनासाहरुको सम्बोधन विषयगत कार्यालयहरुको तर्फबाट जवाफदेहि बक्ताको रुपमा स्वर्गद्वारी नगरपालिकाको नगर प्रमुख टेक प्रसाद भण्डारी, नगर उपप्रमुख मिनराज राना मगर, प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टराई र शाखागत प्रमुखहरु र वडा अध्यक्ष सम्बोधन गरेका थिए।उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भट्टराईले नगरपालिकाको हाल सम्मको प्रगति प्रतिबेदन प्रस्तुत समेत गरेका थिए।
नगर प्रमुख भण्डारीले सार्वजनिक सुनुवाई कार्यक्रम पश्चात उठेका गुनासा प्रतिक्रिया र सुझावहरुलाई सम्बोधन गर्दै नगरपालिकाले योजना तथा कार्यक्रमहरुलाई चुस्त दुरुस्त रुपमा संचालन गर्नको लागि उत्पादन तथा बजारीकरण गर्ने, लिफ्ट सिचाई योजना तथा खानेपानी योजना पुरा गर्ने अभियानलाई निरन्तरता दिने लगायतका प्रतिबद्धता गरेका थिए।