प्युठान।प्युठानमा सालनालसमेत नकाटिएको अवस्थामा शिशु फेला परेको छ । सरुमारानी गाउँपालिका वडा २ दर्भानमा आज बिहान नवजात शिशु मृत अवस्थामा भेटिएको हो।
बिहिबार स्थानीय बासिन्दाले फोहोर सङ्कलन गर्न राखिएको डस्टबिनमा घोप्टो पारेर फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले शिशु बेवारिसे अवस्थामा भेटिएको बताए। शिशु कसले छाडेको भन्ने विषयमा अनुसन्धान र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मेरो उद्देश्य प्युठानको विकास
मेरो जिल्लामा किन पटक पटक यस्तो अव्यावहारिक काम भइरहेको छ। यस्तो नकारात्मक सोचलाई हामीले सकारात्मक सोचमा बदलिनुपर्छ। आमाबुवाहरूले बच्चाहरूलाई पनि राम्रो शिक्षा दिन अनुरोध गर्दछु। यस्तो कार्य जघन्य अपराधमा आउँछ। प्रशासनले छिटोभन्दा छिटो अनुसन्धान गरी सामाजिक सञ्जालमा न्यायको समाचार सुनाइदिनु होला। 🚩🔱 जय 🇳🇵नेपाल 🔱🚩