प्युठान।नेपाल कम्युनिष्ट पार्टी(मसाल)ले आज पत्रकार भेटघाट गरेको छ।प्युठान नगरपालिका -४ जुम्री स्थित होटल आयुस्मामा पार्टीका गतिविधिहरुको बिषयमा जानकारी दिन भेटघाट आयोजना गरेको हो।
कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री मोहन विक्रम सिंहले चैत्र २४ गतेदेखि ३० गतेसम्म राजधानी काठमाण्डौंमा संघीयता विरोधी प्रदर्शन गर्ने बताएका छन्।‘नेपालको ठुला राजनीतिक दलहरुले राष्ट्रियता बेचे।’ उनले भने,‘संघीयता बिरुद्ध कुनै पार्टी बोलेनन् हामीले गर्ने संघियताको बिरोध र राप्रपा नेपालले गर्न बिरोध फरक रहेको धारणा राखेका थिए।’राष्ट्रिय जनमोर्चा मार्फत संघीयता खारेजीको माग गर्दै आन्दोलन राजधानी केन्द्रीत गर्ने उनको भनाई छ ।
पार्टी जिल्ला प्रवक्ता राम पहाडीको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोमबहादुर खत्री, जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपाने लगायत नेताहरुको उपस्थिति रहेको थियो ।