काठमाडौँ।काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले गलत देखिए आफूलाई समाउन हैन भने दोषीलाई समात्न सरकारलाई चूनौति दिएका छन् । उनले आफूले सामाजिक सञ्जालमा गरेको पोस्ट समेत उडाइएको आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ।
बालिकालाई श्रममा लगाएकी लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्मालाई कारबाही गर्न सरकारले उदासिनता देखाएपछि बालेनले निरन्तर सो विषयमा सामाजिक सञ्जालमा लेखिरहेका छन् । आइतबार उनले सांसद शर्माको फोटो नै राख्दै कहिले समाउने ? कि नसमाउने ? भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका थिए ।