समय : ०५:४१ am | बिहिबार , माघ ९ गते २०८१

प्यूठानको बाइसधारा ओझेलमा

स्वर्गद्वारी अपडेट | श्रावण १६ गते २०८१

प्यूठान।संरक्षण र प्रबर्द्धन हुन नसक्दा प्युठानमा रहेका पर्यटकीयस्थल ओझेलमा पर्न थालेको छ।प्यूठान नगरपालिका-९ मरन्ठाना पाखाचीतिस्थित बाइसधारा बुलबुले मुल प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो।

माघे संक्रान्तिको अवसरमा यहाँ विशेष मेला लाग्ने गर्दछ।माघे संक्रान्तिको दिन प्रायः नदी, खोला, कुवामा गएर स्नान गरी शुद्ध हुने भएकाले यस स्थानमा पनि नुहाउने पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ।स्थानीयकै सक्रियतामा माघीकै अवसरमा प्रत्येक  वर्ष लोक नृत्य, धनुषवाण प्रतियोगिता, नाचगान गरी पर्यटकहरुलाई मनोरञ्जन प्रदान गरिदै आएको स्थानीय बाला खड्काले बताए।

साविकको मरन्ठाना गाविसले २०७१ सालमा १५ हजार अनुदान दिएसँगै उक्त क्षेत्रको संरक्षणमा स्थानीयबासी लागेका हुन्।२०७३ सालमा सांसद विकास कोषबाट २ लाख र प्यूठान नगरपालिकाको १ लाख लगानीमा उक्त स्थानमा २२ वटा धारा निर्माण गरिएको थियो । सिमसार क्षेत्र र पानी प्रयाप्त भएकाले सो क्षेत्रमा २२ वटा धारा निर्माण गरी आन्तरिक तथा बाहृय पर्यटनको केन्द्रको रुपमा विकास गर्न प्रयास गरिएको हो ।

हिउँद–वर्षा भरि नै पानी हुने बाइसमूल धाराको संरक्षण गरी बाइसवटा नयाँ धारा निर्माण गरिएको छ  ।पहिले यहाँ स्थानीयले बाँसका धारा निर्माण गरेका थिए । अहिले काठमाडौंबाट झिकाइएका ढुंगाका धारा जडान गरिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्