समय : ११:५७ pm | मङ्गलबार , कार्तिक ६ गते २०८१

बृद्ध खेमले पाए ८० वर्षमा नागरिकता

स्वर्गद्वारी अपडेट | असार ५ गते २०८१

प्यूठान।स्वर्गद्धारी नगरपालिका ४ स्थायी घर भएका खेम बहादुर रावलले ८० वर्षको उमेरमा नेपाली नागरिकता पाएका छन्।उनले माण्डवी गाउँपालिका ३ जस्पुरमा रहेको इलाका प्रशासन कार्यालयबाट बुधवार नागरिकता पाएका हुन।

वि.स. २००१ बैशाख १५ गते जन्मिएका उनले १६ वर्षमै नागरिकता प्राप्त गर्नुपर्ने भएतापनि रावल लामो समयदेखि भारतमा बस्दै आएको हुंदा नागरिकता बारे थाहा नपाएर इलाका प्रशासन कार्यालयले जनाएको छ । हाल छोराहरुले नेपाल आएर बिबाह गरेपछि बिहे दर्ताको लागि आवश्यक परेपछि छोरा बुहारीसंगै दाजुभाईको साथमा बृद्ध रावलको नागरिकता बनाउन कार्यालय आएको इलाका प्रशासन जस्पुरमा कार्यरत पदम खनालले जानकारी दिए ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्