समय : ११:५७ pm | मङ्गलबार , कार्तिक ६ गते २०८१

रक्तदाता दिवसमा प्युठानमा १५ जनाले गरे रक्तदान

स्वर्गद्वारी अपडेट | जेठ ३२ गते २०८१

प्यूठान।विश्व रक्तदाता दिवसको अवसरमा प्यूठानमा खुल्ला रक्तदान कार्यक्रम गरिएको छ। नेपाल रेडक्रस सोसाईटी प्यूठान जिल्ला शाखाको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानको समन्वयमा रक्त सञ्चार केन्द्र विजुवारमा रक्तदान कार्यक्रम गरिएको हो ।

हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन्। यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ।

उक्त कार्यक्रमको अवसरमा ७ जनाले रक्तदान गरेको गरेका हुन्।युवा नेपाल जिल्ला शाखा प्युठानले आयोजना गरेको छुट्टै रक्तदान कार्यक्रममा ८ जनाले गरेको  रक्तदान गरेका हुन्।
रगतको अभावमा कसैको ज्यान जान नपरोस भन्ने उदेश्यले कार्यकम आयोजना गरेको  नेपाल रेसक्रस सोसाइटी जिल्ला शाखा प्युठानका सभापति गुमानराज पुलामीले बताए।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्