समय : ०५:३० am | आइतबार , भाद्र २२ गते २०८१

माडी नदीमा नेपाली सेनाद्वारा विपद् अभ्यासको डेमो प्रदर्शन

स्वर्गद्वारी अपडेट | जेठ १६ गते २०८१

प्युठान। माण्डवी गाउँपालिका-३ जस्पुर हुँदै बग्ने माडी नदीमा नेपाली सेनाद्वारा विपद अभ्यासको डेमो प्रदर्शन गरेको छ।नेपाली सेनाको वर्द बहादुर गण प्युठान खलङ्गाले बुधबार माडी नदीमा विपद् अभ्यासको डेमो प्रर्दशन गरेको छ।

मानवीय क्षति कम गर्न उद्धारको कार्यमा सक्रिय हुन, घाइतेको स्वास्थ्य उपचार, जोखिममा परेका मानिसको सुरक्षित स्थानमा स्थानान्तरण, अति आवश्यक सुविधाको व्यवस्थापन र स्वास्थ्य प्रकोप हुन नदिने विषयमा नेपाली सेनाले कृतिम घटनाको अभ्यास प्रदर्शन गरेको हो।

अभ्यासमा बाढी, पहिरो, डुबान र आगलागीबाट प्रभावितहरूको स्थिति हेरी नागरिकको उद्वार घाइतेहरूलाई प्राथमिक उपचारका लागि सुरक्षित स्थानमा राख्ने, अशक्त भएकालाई प्राथमिक उपचार सँगै चाँडो सुविधा सम्पन्न अस्पतालमा लाने लगायतका डेमो प्रदर्शन गरिएको थियो।

प्रदर्शनी कार्यक्रममा कृत्रिम घटना अभ्यासका लागि, लाइफ ज्याकेट,फायर किट, र्याकर,झटपट झोला, क्याराबिना, मेडिकल सामाग्री, रिस्क्यु रोप, थ्रु ब्याग, विभिन्न औजार तथा उपकरण सहित बन्दोबस्तीका सामग्रीहरु नेपाली सेनाले प्रयोग गरेको थियो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्युठानका नारायण प्रसाद अर्यालले बोल्दै नजिकको सरकार स्थानीय सरकार रहेकोले विपद व्यवस्थापन ठुलो भूमिका रहने बताए।उनले भने-‘ जिल्लाका स्थानीय तहहरुमा विपद व्यस्थापन ऐन अझै नबनेको र विपद व्यवस्थापनमा कठिनाइ हुने हुँदा छिट्टै ऐन निर्माणमा जुट्नुपर्ने उनको भनाई छ।’ समाजमा हुने हरेक प्रकारका विपत्तिमा नेपाली सेना, नेपाल प्रहरी, सरकार, नागरिक र विपत्प्रतिकार्य तालिम प्राप्त नागरिकको सहकार्य हुनुपर्ने उल्लेख प्रमुख जिल्ला अधिकारी अर्यालले गरेका थिए।

जिल्ला समन्वय प्रमुख धरम बहादुर जी.सी, नेपाली सेनाका वर्द बहादुर गण खलङ्गाका प्रमुख रमेश थापा, प्युठानका नौ स्थानीय तहमा प्रमुख तथा प्रतिनिधिहरु,नेपाल रेडक्रम सोसाइटी प्रतिनिधि,बिभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरु,संचारकर्मी र स्थानीय उपस्थिति रहेको थियो।गणतन्त्र दिवसको अवसर पारी माण्डवी गाउँ पालिकामा वृक्षारोपण समेत गरेका थिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्