समय : ०७:२० am | मङ्गलबार , भाद्र २५ गते २०८१

शुक्रबारबाट रोल्पा  बजारमा यति ब्रुअरीको नयाँ ब्रान्ड ‘अर्ना छक्का’ चौका

स्वर्गद्वारी अपडेट | जेठ ११ गते २०८१

रोल्पा।नेपाली बजारमा चर्चित रहेको अर्ना ब्रान्डले ‘अर्ना छक्का’चौका सार्वजनिक गरेको छ।  यती ब्रुअरी लिमिटेडद्वारा अर्ना छक्का चौका (६.४) सार्वजनिक गरिएको हो।

रोल्पामा भने अर्ना छक्का चौका (६.४) आधिकारिक रुपमा शुक्रबार देखी उपलब्ध हुने यती ब्रुअरी लिमिटेडका रोल्पा,प्युठान र लमहीका इन्चार्ज महेश शाहले बताएका छन्।यो विशेष संस्करण बियर नेपाली क्रिकेट फ्यानहरु लाई समर्पित छ र माइट,चामल, हप्स को प्रयोग गरी बनाएको छ।धेरै नेपालीको चाहना र भावनाहरु संग जोडोएको शाहले बताए ।

अर्ना छक्का चौकामा ६.४ प्रतिशत अल्कोहलको मात्रा रहेको छ। ‘छक्का चौका भनेको ६.४ प्रतिशत अल्कोहल हो,’ यती ब्रुअरी लिमिटेडले भनेको छ, ‘विषेश थप चाहिँ क्रिकेटको लागि समर्पित गरेर निकालिएको हो।

एसिया कप क्रीकेट तथा टि २० विश्वकप छनौट खेलमा यती ब्रुअरी लिमिटेडको अर्नाले क्रीकेट खेलाडी प्रोत्साहनको लागी नेपाली क्रीकेटलाई माया गर्ने दर्शकको मन जित्ने योजना अगाडी सारेर आफैमा चर्चा रहेको ब्राण्ड हो । 

यति ब्रुअरी लिमिटेडको रोल्पाका आधिकारिक बिक्रेता एस पि सप्लायर्स लिवाङ रोल्पाले शुक्रबार देखि नै रोल्पाको हरेक क्षेत्रमा यतिको नयाँ ब्राण्ड ‘अर्ना छक्का’ चौका  पुराउने योजनामा रहेको छ ।


यति ब्रुअरीले   बजारमा ल्याएको अर्ना छक्क चौका बियर  व्यावसायिक मुनाफा  मात्र नभई  यस ब्रान्डको आम्दानी बाट नेपाली क्रिकेट लगायत अन्य खेलकुदलाई सहयोग गर्ने हुनाले सबैले यो ब्रान्डलाई माया गर्दिन एस पि सप्लायर्सका संचालक राम प्रसाद घिमिरे आग्रह गरेका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्