समय : १०:२७ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानको सामुदायिक वनमा आगो लगाउने ८ जना पक्राउ

स्वर्गद्वारी अपडेट | वैशाख २९ गते २०८१

प्युठान। जिल्लाका विभिन्न सामुदायिक वनहरुमा डडेलो लगाएको आरोपमा आठ  जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ परेकाहरुमध्ये चार जना हिरातमा, तीन जना धरौटीमा रिहा र एक जनालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। 

हिरासत रहेकाहरुको अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी गराए ।

वनमा आगोलागी गरेको कसुरमा सरुमारानीबाट १ जना, ऐरावतीबाट १ जना र प्यूठान नगरपालिकाबाट ६ जनालाई पक्राउ गरिएको थियो।आगो लगाउने विरुद्ध डिभिजन वन कार्यालय प्यूठानले मुद्दा दर्ता गराएको छ।प्यूठान नगरपालिका १० मा आगलागी गराउने गौमुखी गाउँपालिकाका दुई जना रहेको डिभिजन वन कार्यालय प्यूठानका सहायक वन अधिकृत हरी पौडेलले जानकारी दिए। 

नेपालको कानुनमा वन जङ्गलमा आगजनी गर्ने गराउने कार्य गम्भीर आपाराधिक कार्य मानी यस्तो कसूर गर्नेलाई वन ऐन अनुसार तीन वर्षसम्म कैदसम्मको व्यवस्था छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page