प्युठान।चैत्र २९ देखि सुरु भएको प्रथम प्युठान माण्डवी कृषि पर्यटन ब्यापार तथा साँस्कृतिक महोत्सवमा चर्चित कलाकार सिताराम कट्टेल 'धुर्मुस' र कुन्जना घिमिरे 'सुन्तली' को प्रस्तुत रहने आयोजकले जनाएको छ। नँया वर्ष २०८१ बैशाख १ गते हास्यब्यंग जोडीको माण्डवी महोत्सवमा प्रस्तुति रहने आयोजकको भनाई छ।
'कृषि पर्यटन साँस्कृतिक र ब्यापार समुन्नत प्युठान माण्डवी आर्थिक विकासको मूल आधार' नारा सहितको प्रथम प्युठान माण्डवी कृषि पर्यटन ब्यापार तथा साँस्कृतिक महोत्सव संचालन गरिएको हो।चैत्र २९ देखि सुरु भएको वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ।
वर्षौपछि स्टेजमा फर्किएका उनीहरूलाई देख्नको लागि उल्लेखनीय संख्यामा दर्शकहरुको उपस्थित हुने त्रिबेणी सामुदायिक ग्रामिण संस्थाको अध्यक्ष एवंम् माण्डवी महोत्सव आयोजक रामचन्द्र पौडेलले बतए।