समय : ०५:३६ am | आइतबार , भाद्र २२ गते २०८१

 यात्रुको सहजताका लागि जस्पुरमा‘लोकेशन’बोर्ड

स्वर्गद्वारी अपडेट | चैत्र २९ गते २०८०

 प्युठान।सडक डिभिजन कार्यालय प्युठानले जस्पुर बजारमा ‘लोकेशन’बोर्ड राखेको छ।प्युठान र रोल्पा छुटाउने दोबाटो पर्ने हुँदा यात्रुहरुको सहजताका लागि जस्पुर बजारमै लोकेशन बोर्ड राखिएको हो।

प्युठानमा लोकेसन बोर्ड पहिलो पटक राखिएको सडक डिभिजन कार्यालय प्युठानका सुचना अधिकारी राजेन्द्र कार्कीले जानकारी दिए।६ लाख १५ हजार रकममा बोर्ड निर्माण गरि जस्पुर बजार प्रवेशद्वारा राखिएको सुचना अधिकारी कार्कीले बताए।‘धेरै यात्रुहरुले कुन ठाउँ कति किलोमिटरमा पर्छ भन्ने थाहा पाउँदैनन’,उनले भने‘ - 'लोकेशन बोर्ड राखेपछि त्यही हेरेर यात्रुहरुलाई सहज होला भनेर हामीले बोर्ड राखेका छौ।’ मुख्य गरि भारतका बिभिन्न स्थान र मुलक भरका तिर्थयात्रीहरु स्वर्गद्वारी दर्शनको लागि आउने हुँदा हामीले राखेको बोर्डले उनीहरुलाई सहजता होस् भन्ने उदेश्यका साथ उक्त बोर्ड राखिएको सुचना अधिकारी कार्कीले स्वर्गद्वारी अपडेटलाई बताए।   

सोही बोर्डमा प्युठानको स्वर्गद्वारी,खलङ्गा र रोल्पा लिवाङको किलोमिटर उल्लेख गरिएको छ भने यता बाट जादै गर्दा भालुवाङ ,बुटवल र नेपालगन्जको किलोमिटर सहित बोर्ड राखिएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्