समय : ०९:४१ am | शनिबार , श्रावण १२ गते २०८१

न्यायिक अधिकार सम्बन्धि सचेतना तालिम दाखाक्वाडीमा सम्पन्न

सन्तोष सुनार | चैत्र २६ गते २०८०


प्यूठान । जिल्लाको प्यूठान नगरपालिका २ दाखाक्वाडीमा न्यायिक अधिकार सम्बन्धि सचेतना तालिम सम्पन्न भएको छ ।

प्यूठान नगरपालिका , कानुन ईकाइ विजुवार प्यूठान र २ नं. वडा कार्यालय दाखाक्वाडीको आयोजनामा वडा कार्यालयको सभाहलमा शनिवार देखी शुरु भएको तालिम आईतबार सम्पन्न भएको हो । तालिममा दुई वा दुई भन्दा बढीमा हुने झगडा तथा विषयको विवादमा केन्द्रित रहि मेलमिलाप गराउने सम्बन्धमा तालिम दिएको हो ।

विवादका पक्ष र विपक्षलाई मेलमिलाप गराउदा अदालत प्रक्रिया र समादायीक प्रक्रियामा गराईन्छ । विवादका पक्ष र विपक्षहरु मेलमिलाप हुदा अदालत प्रक्रियामा जादा धेरै शुल्क लाग्ने , साची बस्नु पर्ने , तारिक भोग्नु पर्ने , समय धेरै खर्च हुने , एक अर्कामा सम्बन्धमा खटपट भई पुष्तौँ सम्म रिस हुने गर्दछ भने , सामुदायीक प्रक्रियामा जादा स्थानीय सरकारले सामुदायीक स्तरका व्यक्तित्व छनौट गरी राखेको हुन्छ । विवादका पक्ष र विपक्षहरु मेलमिलाप हुदा सामुदायीक प्रक्रियामा साची बस्नु नपर्ने , गोप्य हुने , पक्ष र विपक्षको सम्बन्ध मजबुद हुने , अति न्यून शुल्क लाग्ने , भएकाले भविष्यलाई आधर गरेरसामुदायीक स्तरको प्रक्रियाले मेलमिलापमा राम्रो र सम्मानजन हुने तथा अन्य महत्वपुर्ण विषयमा तामाकोशी संस्थामा कार्यारत हिमाल ढुङ्गेल र मन्जु खड्का (कार्की ) ले तालिममा सहजिकरण गरेका थिए ।

त्यसैगरी तालिममा ढुङ्गेल र कार्कीले सुनाईको प्रक्रिया , बन्द प्रश्न , खुल्ला प्रश्न र अनुशरण प्रश्न , पुन रचना सिप, असल मेलमिलापकर्तामा हुने सिपहरु , गुणहरु , दाहित्व , आचारसंहिता जस्ता विषयमा समेत तालिममा सहभागीलाई सहजीकरण गरेका थिए । न्यायिक समितिमा संयोजक जननिर्वाचित गाउपालिका तथा नगरपालिकाको उपादक्ष्य तथा उप्रमुख र दुई सदस्य हुने व्यवस्था रहेको छ । हाल प्यूठान नगरपालिकाको न्यायिक समतिमा संयोजकमा उप्रमुख देवेन्द्र वर्मा , सदस्यहरु प्दम थापा र गाईत्रा राउत रहेका छन । मेलमिलाप दिवस वैशाख १ गते मनाईन्छ ।

तालिमा प्यूठान नगरपालिकाको उप्रमुख , कानुन ईकाइका प्रमुख, २ न.ं वडा कार्यालयको अध्यक्ष, सदस्यहरु , तथा सम्पुर्ण कर्मचारी , पत्रकार , मेलमिलापकर्ता , विभिन्न समुहरुको अध्यक्ष , शिक्षकहरु , बनका अध्यक्ष , राजनितिक दलका प्रमुख तथा प्रतिनिधीहरु ,महिला सञ्जालका सदस्य लगाएतको उपस्थित रहेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page