समय : ०८:२६ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानकी २८ बर्षिय महिला विमानस्थलमा अवैध सुन सहित पक्राउ

स्वर्गद्वारी अपडेट | फागुन ३० गते २०८०

काठमाडौं।२ सय १० ग्राम अवैध सुन सहित प्युठानकि २८ बर्षिय महिला पक्राउ युएई देखि फ्लाई दुवैको प्लेन मार्फत काठमाडौ आएकी संगीत परियारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच पास गर्ने क्रममा पक्राउ गरिएको हो । भन्सार छलेर सुन भित्र्याउन लागेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी बाट एउटा सिख्री एउटा ब्रह्रासलेट तीनवटा औंठी एउटा रानीहार एउटा मिनीहार दुईवटा मंगलसुत्र कानमा लगाउने दुईजोर झुम्का लगायतका गर गहना सहित पक्राउ परेकी हुन उनलाई आवश्यक अनुसन्धान र कार्वाही का लागि भन्सार कार्यलय गौचरमा बुझाउने प्रहरीले जनाएको छ । नेपालमा सुन ल्याउँदा महिलाको हकमा ५० ग्राम र पुरूषको हकमा २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नुपर्दैन यसबाहेक एकजना व्यक्तिले थप २०० ग्राम सुन गहना भन्सार विन्दुमा महशुल तिरेर साथमा ल्याउन पाइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलयले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page