समय : ०२:२६ pm | शनिबार , श्रावण १२ गते २०८१

रास्वपाले जिम्मेवारीपूर्वक कदम उठाएको : प्रमुख सचेतक परियार

स्वर्गद्वारी अपडेट | फागुन २४ गते २०८०

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बिग्रेको राजनीतिक परिस्थितिलाई राष्ट्रिय स्वतन्त्र पार्टीले हस्तक्षेप गरेर नयाँ गठबन्धन बनेको  उनको भनाई छ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक परियारले बिग्रिएको राजनीतिक परिस्थितिलाई पार्टी सभापति रवि लामिछानेको पहलमा हस्तक्षेप गरिएको दाबी गरेका हुन्। रास्वपालाई प्रतिपक्षमा बसेर प्रश्नमात्रै उठाउने र समस्या मात्रै देखाउने छुट हुँदाहुँदै पनि मुलुकमा देखिएका समस्या समाधान गर्नका लागि सरकारमा जाने कदम उठाउनुपरेको उनको भनाइ थियो । 

उनले रास्वपाले नयाँ गठबन्धन बनाउन मुख्य भुमिका खेलेको बताए। उनले पुराना पार्टीहरुले सदनमा प्रतिस्पर्धा र निर्वाचनमा सहकार्य गर्ने गरेका भन्दै आगामी दिनमा निर्वाचनमा प्रतिस्पर्धा र सदनमा सहकार्य गर्नुपर्नेमा जोड दिए। उनले इलाम–२ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी एक्लै चुनावमा होमिने र जित्ने दाबी पनि गरेका छन।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page