समय : ०५:०९ am | शनिबार , श्रावण ११ गते २०८१

कारको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु

स्वर्गद्वारी अपडेट | पौष १० गते २०८०

पुस १० गते

स्वर्गद्वारी अपडेट समाचार डेक्स । कारको ठक्करबाट पोखरामा दुई पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा  बाग्लुङ ढोरपाटन नगरपालिका ६ घर भई हाल पोखरा ३ नदीपुर बस्ने वर्ष २० का ढोलेन्द्र छन्त्याल र नाम नखुलेको अन्दाजी वर्ष ३५ का पुरुष रहेको कास्कीका प्रहरी प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए।मंगलबार बिहान पोखरा ५ प्रस्याङस्थित सिद्धार्थ बैक अगाडि बागलुङ बसपार्कबाट जिरो किमितर्फ जादैँ गरेको बा १३ च ३७२१ नम्बरको कारले ती पैदल यात्रीलाई ठक्कर दिएको थियो ।  

कारले ठक्कर दिँदा घाइते भएका उनीहरूलाई उपचारको लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल लगिएकोमा दुवैजनालाई डाक्टरले मृत घोषणा गरे ।घटनापछि कार चालक फरार छन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । घटनापछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठको कमाण्डमा १५ जनाको टोलीले कारलाई नियन्त्रणमा लिएको थियो । मृतकको शव अस्पतालको शव गृहमा राखिएको छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page