समय : ०९:४७ am | शनिबार , श्रावण १२ गते २०८१

बल्खुमा दुर्गा प्रसाईं समर्थक र युवा सङ्घका कार्यकर्ताबीच झडप

स्वर्गद्वारी अपडेट | मंसिर ७ गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।काठमाण्डौको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थक र एमाले निकट युवा सङ्घका कार्यकर्ताबीच झडप भएको छ । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले बल्खुमा आयोजना गरेको प्रदर्शनमा युवा सङ्घका कार्यकर्ता पुगेपछि दुई समूहबीच ढुङ्गा हानाहान भएको हो ।

युवा सङ्घका कार्यकर्ता बल्खु हुँदै कोटेश्वरतिर जाने क्रममा दुई समूहबीच ढुङ्गा हानाहान भएको हो । अहिले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ । आजको विरोध प्रदर्शनका लागि काठमाण्डौ जिल्ला प्रशासनले प्रसाईं समूहलाई बल्खु र युवा सङ्घलाई तीनकुने तोकेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page