समय : ०९:३१ am | शनिबार , श्रावण १२ गते २०८१

फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गर्ने एकजना पक्राउ

स्वर्गद्वारी अपडेट | भाद्र २५ गते २०८०

भदौ २५ गते सोमबार

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१२ घर भई अहिले काठमाण्डौको सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । गुरुङले राजभक्त रानाभाटलाई वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

गुरुङले रानाभाटलाई फ्रान्समा होटलमा काम लगाइदिने र महिनाको एक लाख रुपैयाँभन्दा धेरै तलब हुन्छ भन्दै प्रलोभनमा पारेका थिए । गुरुङले फ्रान्स जान १७ लाख रुपैयाँ लाग्ने भन्दै पीडितबाट पटक पटक गरेर १४ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भएका गुरुङलाई आज आइतवार सुकेधाराबाट पक्राउ गरेको हो । पक्राउ परेका गुरुङलाई थप अनुसन्धानका तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीको भनाइ छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page