समय : ०६:३७ pm | बुधबार , माघ २३ गते २०८१

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर १० वर्षीया बालिकाको ज्यान गयो

स्वर्गद्वारी अपडेट | असार १२ गते २०८०

करेन्ट लागेर स्याङ्जाको बिरुवा गाउँपालिकामा एक बालिकाको ज्यान गएको छ । करेन्ट लागेर मङ्गलवार दिउँसो बिरुवा–७ बलेवाका दलबहादुर गुरुङकी १० वर्षीया छोरी गीताको ज्यान गएको स्याङ्जाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालले जानकारी दिनुभयो । आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा बिजुलीको प्लगबाट करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकाको प्राथमिक स्वास्थ केन्द्र वालिङमा उपचारका क्रममा ज्यान गएको डीएसपी खनालले बताउनुभयो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्