समय : ०७:१२ am | बिहिबार , माघ १० गते २०८१

ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

स्वर्गद्वारी अपडेट | असार २ गते २०८०

काठमाण्डाै – ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । बिहान ललितपुरको लुभुबाट लगनखेलका लागि छुटेको बा २ ख ८५८३ नम्बरको बस सडकमै पल्टिएको हो ।

बसमा २४ जना यात्रु थिए । घाइतेमध्ये १८ जनाको बी एण्ड बी अस्पताल ग्वार्कोमा र एक जनाको किस्ट अस्पताल इमाडोलमा उपचार भैरहेको प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीले जानकारी दिनुभयो । बस तीव्र गतिमा गुडिरहेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्