बाँके, २ असार । बाँकेको नेपालगन्ज उपमहानगरपालिका १३ का कार्यवाहक वडा अध्यक्ष र कार्यालय सहयोगी घुससहित पक्राउ परेका छन । वडाध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासीलाई शुक्रबार पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।
उनीहरूले कृषि अनुदानका लागि सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार सम्पर्क कार्यालय, नेपालगन्जबाट खटिएको टोलीले कार्यवाहक वडा अध्यक्ष कवडिया र कार्यालय सहयोगी बृजवासीलाई सेवाग्राहीसँग ९ हजार रूपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको जनाएको छ ।