समय : ११:५७ pm | मङ्गलबार , कार्तिक ६ गते २०८१

बाँकेमा बसको ठक्करबाट कारमा सवार २ जनाको मृत्यु

स्वर्गद्वारी अपडेट | जेठ १७ गते २०८०

बाँके, १७ जेष्ठ ।  बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै बसले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । हिजो मङ्गलवार धनगढीबाट पूर्व जाँदै गरेको मे १ ख ३३३५ नम्बरको बसले काठमाण्डौबाट कोहलपुर जादै गरेको बा १ ३च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

दुर्घटनामा कार चालक गोरखाको आँपपिपलका सुवास अधिकारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ बस्ने डा. सञ्जु खाती खड्काको ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभएको छ । प्रहरीले कारलाई ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्