समय : १०:१५ am | शुक्रबार , फागुन १५ गते २०८२

आजआठौँ राष्ट्रिय पत्रकारितामा दिवस :पत्रकारितामा खोज र नवीनता लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने नाराका साथ मनाइँदै

स्वर्गद्वारी अपडेट | वैशाख २४ गते २०८०
स्वर्गद्वारी अपडेट समचार डेक्स । आज आठौँ राष्ट्रिय पत्रकारिता दिवस, ‘पत्रकारितामा खोज र नवीनता लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने नाराका साथ मनाइँदैछ ।नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो ।विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो ।दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रलायले दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा विशेष कार्यक्रम गर्दैछ ।कार्यक्रममा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने दुई जनालाई वरिष्ठ पत्रकार सम्मान र छ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ ।दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।यस्तै,सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पनि भएका कानुनको प्रभावकारी कार्यान्वयन, असान्दर्भिक कानुनको पुनरावलोकन, आवश्यक कानुन निर्माण र त्यही अनुसार कार्यक्रम तर्जुमा गरी पत्रकारिता क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
 
 

यो पनि पढ्नुहोस्