समय : ०३:०१ pm | बिहिबार , फागुन १४ गते २०८२

विजयनगरमा कमेरी खानेपानी आयोजनाको निर्माण हुँदै

स्वर्गद्वारी अपडेट | फागुन ३ गते २०७९
सन्तोष सुनार प्यूठान । प्युठान नगरपालिका ३ विजयनगरसेपुङमा कमेरी खानेपानी आयोजनाको निर्माण हुँदै छ। यस बर्ष संिघय सरकारबाट ५८ लाख परेको हुदा खानेपानीको टयाङकी निर्माण कार्य हुँदै गरेको प्यूठान नगरपालिका ३ का वडा अध्यक्ष तथा प्यूठान नगरपालिकाका नगर प्रवत्त सुमन राज श्रेष्ठले बताए । श्रेष्ठले आज वुधवार खानेपानि टयाङकी निर्माण् स्थलको अनुगमन समेत गरेका छन ।  अनुगमनको क्रममा उनले आगमि आर्थिक बर्षमा पनि ५८ लाखको काम हुने जानकारी दिए । उक्त खानेपानिको२ आर्थिक बर्ष गरि १ करोड १६ लाखको काम हुनेछ भने आयोजनाको जम्मा प्रोजेक्ट २ करोडको रहेको छ। यस खानेपानीआयोजनालाइ खानेपानी डिभिजन कार्यालयले ठेक्का प्रक्रियाबाट काम गरेको छ।   निर्माण ब्यबसायी ताल बहादुर जिसि संगै उहाको निर्माण कम्पनी सन्जिवनी निर्माण सेवाले यसआयोजनालाई अगाडी बढाएको हो ।लामो समय देखि निकै मिहेनत गरि ल्याइएको यो आयोजना वडामा भित्र्याउन पाउँदा स्थानीय जनता खुसी भएका छन ।

यो पनि पढ्नुहोस्