जन्मदिनको अवसरमा शर्माद्वारा स्टेसनरी सामाग्री र नगद हस्तान्तरण
सन्तोस सुनार,प्युठान ।प्युठान नगरपालिका वडा नम्बर २ निवासी पुस्कर शर्माले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री र नगद हस्तान्तरण गरेका छन ।
प्युठान नगरपालिका २ रानीकोट निवासी राजु खडकाको छोरा २ बर्षको हुँदा आफन्त बितेको १३ औ दिनको कार्यक्रममा पुरी पकाउने तेलको बानमा परि छोरा शिशिर खडकाको अनुहार,टाउको जल्न पुग्यो । तत्कालीन समयमा दुख:सुख गरि छोरा शिशिर खडकाको ज्यान बचाउन त सफल भएको र अहिले बच्चा सामान्य अबस्थामा भएपनि अनुहार र टाउको असमान्य स्थितिमा छ। शुशिर खड्काको बुवाले भने अहिले छोरा सानो छ ,बुझ्ने भएको छैन तर पछि ठुलो भएपछि कहि कसैले केही भन्छनकि , दुख पाउछकि भन्ने ठुलो डर र चिन्ता लाग्छ बाबुको बुवाले भने ।“ छोरालाई पहिलेकै अबस्थामा ल्याउन सक्ने केही उपचार विधि होला कि ?कति खर्च लाग्ला ??? कहि कतै सहयोगि हातहरु पाउन सकियला कि नाई ?? शुशिर खड्काको बुवाले भने ।” सुशिर खडका अहिले ६ बर्षको भए, यु के जि कक्षामा पढ्छन ।
उनीलाई विद्यालयमा यस्तो अबस्था देखेपछि बाबु सिशिरलाई आत्मसाहस र पढाईमा हौसला मिल्छकि भन्ने उद्देश्यले आज उनको घरपरिवारमा गएर केही स्टेसनरी सामाग्री सहित नगत हस्तान्तरण गरेको शर्माले भने ।“हुन त हामीपनि भुइमान्छे नै हो तर सहयोग भन्नेकुरा सानो ठुलो हुदैन मन भए पुग्छ भन्ने उद्देश्यले बिगतमा बर्षहरुमा जस्तै आज पनि सहयोग गरेको बताए।”बाबू शिशिर खडको स्वास्थ्य लाभको कामना गर्दै सबैमा उनको शिक्षा र स्वास्थ्यलाई सहज र सरल गराउनको लागि सहयोग गरिदिनुहुन अनुरोध समेत आग्रह गरे ।








