समय : ०४:४६ pm | शुक्रबार , चैत्र ६ गते २०८२

माण्डबी गाउँपालिकाको एक्सरे मेसिन बर्षौ देखि बन्द

स्वर्गद्वारी अपडेट | माघ २३ गते २०७९
स्वर्गद्वारी अपडेट,प्युठान। देबिस्थान स्वास्थ्य चौकीमा रहेको एक्सरे मेसिन नचल्दा समस्या भएको छ।एक्सरे गराउन अस्पताल आएका बिरामी बाहिर महँगो शुल्क तिरेर एक्सरे गराउन बाध्य भएका छन् । बाहिरबाट झट्ट हेर्दा भवन भव्य र लोभलाग्दो देखिन्छ।दुर्गम गाउँमा बनेको यो भवनले धेरैलाई विकासको अनुभूति पनि दिलाउँछ।नयाँ भवन बनेपछि सानो कटेरो र खुला चौरमा बिरामीको उपचार गर्नुपर्ने बाध्यता पनि टर्यो।वर्षौदेखिको प्रयासपछि गाउँमै सुविधायुक्त अस्पताल भवन पाएपछि उपचार अभावमा कसैले ज्यान गुमाउनु नपर्ने भन्दै स्थानीयले खुशीयाली नै मनाए।माण्डबी गाउँपालिका वडा -३ देबिस्थानमा रहेको स्वास्थ्य चौकीमा  गत आर्थिक बर्ष २०७५ सालमा खरिद गरेको एक्सरे मेसिन हाल सम्म सुचारु गर्न सकिरहेको छैन।बन्द कोठा भित्र रहेको उत्त मेसिन चलाउने रेडीयोग्राफी टेक्निसियन नै छैन।मेसिन खरिद गरेको ४ बर्ष  भैसक्यो तर मेसिन स्टोर मै थन्किएको छ।बाहिर बाट सुन्दर देखिए पनि उत्त भवनको भित्र रहेका सोलार बत्ति जडान गरेको दिन देखि हाल सम्म सुचारु हुन् सकेको छैन।न त मर्मत नै गरेको छ। देबिस्थान स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ निरिक्षिक गिर बहादुर नेपालिले भने-‘यहाँ रहेको सोलार बत्ती पनि बल्दैन र एक्सरे मेसिन चलाउने रेडीयोग्राफी टेक्निसियन पनि छैन।’ बत्तिको बैकल्पिक माध्यम नहुदाँ अध्यारोमा भए पनि डेलिभरी केश गर्न बाध्य भएका छौ।”गिर बहादुर बताउछन।वडा नम्बर ३ का वडा अध्यक्ष धनेन्द्र कार्कीले प्रत्यक्ष स्वास्थ्य संग सरोकार भएको हुँदा यो गम्भीर भएर चाडै नै जनताले उपयोग गर्ने गरि बिग्रेको छ भने,मर्मत गर्ने नत्र नयाँ कर्मचारी भर्ना गरेर भए पनि छिट्टै सुचारु हुने बिश्वास व्यक्त गरे।  

यो पनि पढ्नुहोस्