समय : ०४:५१ pm | शुक्रबार , चैत्र ६ गते २०८२

वडाअध्यक्ष क्षेष्ठद्वारा कृषि नर्सरीहरुको अनुगमन

स्वर्गद्वारी अपडेट | माघ २१ गते २०७९
सन्तोष सुनार प्यूठान । प्यूठान नगरपालिका ३ स्थित सुन्दर गाउँ रातामाटामा रहेका पोख्रेल कृषि नर्सरी प्यूठान नगरपालिका ३ का वडाअदक्ष्यसुमन राज क्षेष्ठले आज शनिवारअनुगमन गर्नु भएको छ । लोकराज पोख्रेल, तुल्सिराम पोख्रेल, कमला पन्थीका र मुक्ति पोख्रेलको कृषि नर्सरीमा पुगि सरसल्लाह र सिकाइ अनुभब आदानप्रदान गरेको क्षेष्ठले बताउनु भयो । प्यूठान नगरपालिका ३को वडा कार्यलयले पोख्रेल कृषि नर्सरीलाई सहयोग गर्ने तथा प्यूठान नगरपालिकाले पनि ध्यानकर्षण गर्ने बताउनु भयो । कृषक लोकराज पोख्रेलको तीन भाइले नै आ–आफ्नो कृषि फर्म संचालन गरेका छन । साथ अहिलेको समयमा इजराइलबाट आएका छोरा मुक्ति पोख्रेलले समेत यो पेशालाइ आधुनिकरण गर्दै व्यावसायिक रुपमा अगाडी बढाएका छन। पोख्रल नर्सरीमा टमाटर, आलु, प्याज, लसुमन, बन्दागोपि , फुलगोबि , मुला च्याउलगायतको खेति तथा बिउ उत्पादन गरिन्छ । धान , गहुहरुको बिउ उतपादन गर्दै आइरहेको मुक्ति पोख्रेले बताउनु भयो । सुन्दर गाउँ रातामाटामा दर्नौं किसानहरुले ब्याबसायिक रुपमा कृषि पेशा अङ्गालेका छन।

यो पनि पढ्नुहोस्