समय : ०३:१५ pm | शुक्रबार , चैत्र ६ गते २०८२

सस्थापक क्याम्पस प्रमुखको स्मृतिमा हाजिरी जवाफ

स्वर्गद्वारी अपडेट | माघ २० गते २०७९
सस्थापक क्याम्पस प्रमुखको स्मृतिमा हाजिर जवाफ केशर सुनार , प्यूठान । स्वर्गद्वारी बहुमुखी क्याम्पस पुन्यखोला प्युठानमा आज सुक्रबार हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । स्वर्गद्वारी बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख स्व मुख्यनाथ तिवारीको २६ औ स्मृति दिबशको अवसरमा क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरीएको हो । स्व तिवारीको फोटोमा अबिर र माल्यार्पण गरी संचालन भएको कार्यक्रममा सभापति को आतित्यथा क्याम्पस प्रमुख गुन्जबहादुर खड्का , अतिथि सहायक क्याम्पस प्रमुख रामकृष्ण शर्मा, नेपाल पत्रकार महशङ ्का केन्द्विय सदेस्य सुशिल पोख्रेल लगायत क्याम्पसका सम्पूर्ण उपप्राध्यापक एबम बिधार्थी नेता प्रेम बहादुर बिश्वकर्मा सहित क्याम्पसका सम्पूर्ण बिधार्थिहरुको उपस्थितिमा उक्त कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । कार्यक्रममा हाजिरीजवाफ प्रतियोगितामा बिधार्थिहरुको ५ वटा समूह सहभागी भएका थिए जसमा समुह १ को सम्झना भण्डारीको , द्वितिय स्थानमा समुह ४ को टोपेन्द्र बस्नेतको समुह, तृतीय स्थानमा समुह ५ को माधब घर्ती र समुह २ को केशर सुनारको समुह शान्त्वना भएको हो । विजयी भएका समुहलाई कमश प्रथमलाई रु१५०० , द्वितियलाई रु १२०० , तृतीयलाई रु १००० र शान्त्वनलाइ रु ८०० नगद पुरस्कार प्रदान गरिएको थियो  । एम .एड चौथो सेमेस्टरमा अध्यापन छात्र शिक्षक टिकाराम रिजालले प्रायोजन गरेको उक्त क्याम्पस स्तरीय हाजिरिजवाफ प्रतियोगिताको आयोजना सोहि क्याम्पस ले नै गरेको हो । क्याम्पस प्रमुख गुन्ज बहादुर खड्काले यी यस्ता बिबिध कार्यक्रमहरु क्याम्पसमा प्रत्येक हप्ताको एकपटक गर्नुपर्ने र विधार्थीहरुका शिक्षा देखि मनोज्ञान बृदि गर्न का लागी सृजनशील क्रियाकलापहरु गर्नुपर्ने जस्ता बिबिध कुराहरु कार्यक्रमको समापन गर्दै बताएका छन् । सस्थापक क्याम्पस प्रमुख स्व । मुख्यनाथ तिवारी शिक्षाको दिप ज्वलन गर्ने एक उदाहरणीय व्यक्ति रहेको सहायक क्याम्पस प्रमुख रामकृष्ण शर्माले बिस्तृत जानकारी दिएका छन् । को हुन त् स्वर्गीय मुख्यनाथ तिवारी ? पहिले पहिले प्राय शिक्षा दिने शिक्षकहरुको अभाव हुने गर्दथ्यो । त्यस्तै तिवारीलाई बि। स २०१५ साल भदौ महिनामा भारतमा गएर खोजेर ल्याईएको थियो त्यसपछि महेन्द्व मावि खलाङ्गा , पदमोदय मा वि , दामाचौर सल्यान , बालकल्याण रोल्पा लिवाङ , मा अध्यापन गराए । वि स. २०३७ सालमा स्वर्गद्वारी बहुमुखि क्याम्पस खुलेपछि पहिलो क्याम्पस प्रमुख रुपमा रहेका थिए । तिवारीले शिक्षाको ज्योति भारतमा जन्मेर पनि नेपाललाई कर्मथलो बनाई शिक्षाको क्षेत्रमा विशेष जोड दिएका थिए । तिवारीले वैवाहिक सम्वन्ध यसै जिल्लामा बाधि बसेका थिए । तिवारी शिक्षा क्षेत्रमा मात्र नभई जिल्लाको भलिबल खेलको सुरुवातकर्ता समेत रहेका थिए । क्यान्सर रोगबात ग्रसित रहेका तिवारीको २०५३ माघ २१ गते देहावसान भयो े । तिवारीको हाल प्यूठान दम्तीमा घर रहेको छ । मुख्यनाथ तिवारी शिक्षाको क्षेत्रमा अमर रहेका छन ।    

यो पनि पढ्नुहोस्