नौबहिनी ७ मा पुग्यो पहिलो पटक बस सेवा
स्मृती घर्ति मगर प्यूठान , प्यूठानको दुर्गम मानिने नौबहिनिको वडा न. ७ मैरामारेमा बस सेवा सुरु भएको छ । स्वर्गद्वारी गौमुखी यातायात प्राली द्वारा उक्त बस सेवा सुरु भएको जनाईएको छ । बस सेवा सुरु हुदा त्यहाका स्थानीय हर्षित हुँदै बस ड्राईभर तथा बस धनी गुन्ज बहादुर घर्ति मगरलाई फुल माला र अविर ल्यापन गरेका थिए ।
साविकको फोप्ली गाविसको निकै दुर्गम मानिने वडा न. ८ र ९ मा यातायात पुग्ला भन्ने कहिले पनि नसोचेको गुरुभक्त आधारभूत विद्यालयका शिक्षक नेमराज घर्तिमगर ले बताउनु भयो । गाउपालिका भएको केही समयमा तत्कालिन गाउपालिका अध्यक्ष शिवराज रिजालले करिव ५० लाखको बजेट योजनामा बल्लेखोला मैरामारे मोटर बाटोको ट्र्याक खुलाउन सफल हुनुभएको थियो । नौबहिनी वडा न. ७ का पुर्व वडा अध्यक्ष दिलमान राना भन्नू हुन्छ ‘हाम्रो ७ न. वडाले विकासमा फड्को मार्दै छ । बल्लेखोला मैरामारे सडकमा बस आए पनि कच्ची र साघुरो सडक भएकाले यात्रा गर्न निकै जोखिम भएको उनी बताउँछन्।’ ‘अहिले गाउपालिकाले मोटरबाटो फराकिलो बनाउने भन्ने सुनेको छु तर काम देखिएन त्यसैले विश्वास कसरी गरुँ? ।’ भन्दै प्रश्न गर्नुभयो।
यसअघि बल्लेखोला मैरामारे मोटर बाटोमा साना पिकअप गाडि मात्र जाने गरेको थियो। अब देखि दैनिक रुपमा बस जाने भए पछि यहाँका स्थानीयहरुले सहज यात्रा गर्न पाउनेछन।








