रिमा के सी
हे प्रकृति,
के दोष थियो ती कलिला बचेराहरुको ?
मुना पलाउन टुसाएका ती नमेराहरुको ??
अमृतसरि दुधको एक चुस्का नलिएका ती
अबोध दुधे बालकहरुको आँखाले एक झल्को खुशी हेर्न नपाई
रहरको मिठो मुस्कान छर्न नपाई
भोकले निमोठिएको पेटमा
सन्तोषको एक गाँस मिठो हाल्न नपाई
मुखमा बालुवा कोच्दै
सपनाका अधूरा
रहर अनि खुशीहरु सँगै बगाइस तैँले
बिपनाका घरको जग नै पुरिस तैंले
एक पलको जीवन जिउने सारा रहर
पलभरमै माटोमा विलिन भयो
माटो म भएँ
म माटो भएँ ....
कतै बगरमा फालिएका मध्ये
कालको रोजाइमा नपरेका मध्ये
कुनै जिवित थिए
पानी अनि वालुवाको भोजनले न अघाएका
मृत्युदेखि ठूलो युद्ध जितेर आएका बगेका सपना, रहर
अनि खुशिहरुलाई कालको मुखबाट खोसेर
ल्याएका
जिन्दगिको युद्ध लड्न कम्मर कसेर आएकाहरु ....
कस्तो निर्दयी प्रकृति ..
खुल्ला आकाशको छानो बनायो
बालुवा र पानीको संसार
घरबार बगायो
बा-आमा बगायो
आफन्तहरु सब बगायो
रहर, खुशी
भविस्य अनि सहारा बगायो
केवल बाँकी थिए त,
खाली हातहरु खाली मनहरु
भोका पेटहरु रोदन र क्रन्दनले
ढाडिएका, छट्पटीएका
मासुम आँखाहरु ।
अब जानू कहाँ ?
बस्नु कहाँ ?
खानु के ?
लाउनु के ?
को छ र आफ्नो ?
सबको अभाव हुन्छ
सबै रित्तिन्छ बगाउँछ
तर
बाँकि रहन्छ
केवल आँसु केवल
आँसु केवल आँसु !
प्रकृति – रिमा केसी
प्रकृति
रिमा के सी
हे प्रकृति,
के दोष थियो ती कलिला बचेराहरुको ?
मुना पलाउन टुसाएका ती नमेराहरुको ??
अमृतसरि दुधको एक चुस्का नलिएका ती
अबोध दुधे बालकहरुको आँखाले एक झल्को खुशी हेर्न नपाई
रहरको मिठो मुस्कान छर्न नपाई
भोकले निमोठिएको पेटमा
सन्तोषको एक गाँस मिठो हाल्न नपाई
मुखमा बालुवा कोच्दै
सपनाका अधूरा
रहर अनि खुशीहरु सँगै बगाइस तैँले
बिपनाका घरको जग नै पुरिस तैंले
एक पलको जीवन जिउने सारा रहर
पलभरमै माटोमा विलिन भयो
माटो म भएँ
म माटो भएँ ....
कतै बगरमा फालिएका मध्ये
कालको रोजाइमा नपरेका मध्ये
कुनै जिवित थिए
पानी अनि वालुवाको भोजनले न अघाएका
मृत्युदेखि ठूलो युद्ध जितेर आएका बगेका सपना, रहर
अनि खुशिहरुलाई कालको मुखबाट खोसेर
ल्याएका
जिन्दगिको युद्ध लड्न कम्मर कसेर आएकाहरु ....
कस्तो निर्दयी प्रकृति ..
खुल्ला आकाशको छानो बनायो
बालुवा र पानीको संसार
घरबार बगायो
बा-आमा बगायो
आफन्तहरु सब बगायो
रहर, खुशी
भविस्य अनि सहारा बगायो
केवल बाँकी थिए त,
खाली हातहरु खाली मनहरु
भोका पेटहरु रोदन र क्रन्दनले
ढाडिएका, छट्पटीएका
मासुम आँखाहरु ।
अब जानू कहाँ ?
बस्नु कहाँ ?
खानु के ?
लाउनु के ?
को छ र आफ्नो ?
सबको अभाव हुन्छ
सबै रित्तिन्छ बगाउँछ
तर
बाँकि रहन्छ
केवल आँसु केवल
आँसु केवल आँसु !
रिमा के सी
हे प्रकृति,
के दोष थियो ती कलिला बचेराहरुको ?
मुना पलाउन टुसाएका ती नमेराहरुको ??
अमृतसरि दुधको एक चुस्का नलिएका ती
अबोध दुधे बालकहरुको आँखाले एक झल्को खुशी हेर्न नपाई
रहरको मिठो मुस्कान छर्न नपाई
भोकले निमोठिएको पेटमा
सन्तोषको एक गाँस मिठो हाल्न नपाई
मुखमा बालुवा कोच्दै
सपनाका अधूरा
रहर अनि खुशीहरु सँगै बगाइस तैँले
बिपनाका घरको जग नै पुरिस तैंले
एक पलको जीवन जिउने सारा रहर
पलभरमै माटोमा विलिन भयो
माटो म भएँ
म माटो भएँ ....
कतै बगरमा फालिएका मध्ये
कालको रोजाइमा नपरेका मध्ये
कुनै जिवित थिए
पानी अनि वालुवाको भोजनले न अघाएका
मृत्युदेखि ठूलो युद्ध जितेर आएका बगेका सपना, रहर
अनि खुशिहरुलाई कालको मुखबाट खोसेर
ल्याएका
जिन्दगिको युद्ध लड्न कम्मर कसेर आएकाहरु ....
कस्तो निर्दयी प्रकृति ..
खुल्ला आकाशको छानो बनायो
बालुवा र पानीको संसार
घरबार बगायो
बा-आमा बगायो
आफन्तहरु सब बगायो
रहर, खुशी
भविस्य अनि सहारा बगायो
केवल बाँकी थिए त,
खाली हातहरु खाली मनहरु
भोका पेटहरु रोदन र क्रन्दनले
ढाडिएका, छट्पटीएका
मासुम आँखाहरु ।
अब जानू कहाँ ?
बस्नु कहाँ ?
खानु के ?
लाउनु के ?
को छ र आफ्नो ?
सबको अभाव हुन्छ
सबै रित्तिन्छ बगाउँछ
तर
बाँकि रहन्छ
केवल आँसु केवल
आँसु केवल आँसु !








