स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सोमाबर देखि सुरु भएको बुधबार सम्म संचालन हुनेछ। प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य सुर्य वहादुर थापाले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।उद्घाटन समारोहमा प्रमुख अतिथि थापाले प्युठान जिल्लाको हरेक क्षेत्रको बिकासको लागि आफुले पहल गर्ने र खेलाडी रास्ट्रको गहना भएको बताएका थिए । कार्यक्रममा बिशिस्ट अतिथी संबिधानसभा सदस्य नारायण प्रसाद अधिकारीले खेलाडीहरुले खेल क्षेत्रबाट रास्ट्रको पहिचान दिन सक्ने भन्दै कुनै पनि भूगोल बाट खेलाडी अगाडि बढन सक्ने बताएका थिए ।बिशिस्ट अतिथी प्रदेश संसाद तुल्सिराम शर्माले हरेक क्षेत्रबाट खेलकुदको महत्त्व रहेको बताउदै स्वास्थ्य,शिक्षा र खेलकुद विद्यार्थीको लागि महत्त्वपूर्ण रहेको ब्यत्त गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख दुर्गा रेग्मी,प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्याल र माण्डवि गाउँपालिकाको उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रम राजनैनिक दलका प्रतिनिधि, वडा अध्यक्ष, कार्यपालिका सदस्य एवम जनप्रतिनिधिहरु,विभिन्न सरकारी कार्यलयका प्रमुखहरु, पत्रकार, विभिन्न संघ सस्थाका प्रतिनिधि, शिक्षक,बिद्यार्थी लगायत जनसमुदायको उपस्थिति रहेको थियो । माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा १३ वटा खेल र ५ वटा माध्यमिक बिद्यालयहरु सहभागी थिए। विद्यार्थीहरुले मार्चपास,नृत्य लगायत सास्कृतिक प्रस्तुतिहरु प्रदशन गरेका थिय भने कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले गरेका थिए।प्रतियोगिता बुधबार सम्म संचालन रहनेछ ।









