स्वर्गद्धारी बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको अध्यक्षमा गिरि चयन
बबिता रिजाल प्युठान । स्वर्गद्धारी बहुमुखी क्याम्पस प्युठानमा मिना गिरीको अध्यक्षतामा अखिल क्रान्तिकारीको समिती गठन भएको छ । आज सोमबार शहिद दिवशको अबसर पारेर ईकाइ कमिटी गठन गरिएको हो । उपाध्यक्षमा सिता भण्डारी क , सन्दीप के सी , सिता भण्डारी ख , सचिव के आर सुनार , सहसचिव अनुषा गौतम , कोषाध्यक्ष सुवास नेपाली र सदस्यहरुमा आशा के एम , कल्पना पुन , मदन बुढाथोकी , कुशल के सी , दिपा बुढा मगर लगायतको ६० सदस्यीय इकाई कमिटी गठन गरिएको छ ।
अखिल क्रान्तिकारीका केन्दीय सचिव सुमन श्रेष्ठ , केन्द्रीय सचिवालय सदस्य प्युठान जिल्ला इन्चार्ज पुष्कर शर्माको विशेष आतिथ्यतामा शुरु भएको कार्यक्रममा अखिल क्रान्तिकारी जिल्लाका अध्यक्ष प्रेम बहादुर विश्वकर्मा , उपाध्यक्ष तारा थापा लगाएत क्याम्पसका विद्यार्थिहरुको उपस्थितीरहेको थियो ।
आउदो चैत ५गते स्ववियु निर्वाचन हुने भएकाले विद्यार्थिहरुको पाठ्यक्रम , विद्यालयको भौतीक पुर्वाधार एवम् शैक्षीक पद्धतीमा सुधार तथा प्रभावकारीका लागी समीती गठन गरिएको हो कार्यक्रमको सहजिकरण भने अखिल क्रान्तिकारी प्युठान जिल्ला अध्यक्ष प्रेम बहादुर विश्वकर्माले गर्नु भएको थियो ।








