जोगिन्द्व मल्ल ठकुरी ।
स्वास्थ्यको लागि खेलकुद रास्ट्रका लागि खेलकुद “भन्ने मुल नाराका साथ खेलकुद विकास समिति गौमुखी गाउँपालिकाले आयोजना गरेको तेस्रो रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शनिवार सम्पन्न भएको छ।
माघ १२ गते देखि १४ गते सम्म संचालन भएको अन्तर मा बि स्तरीय खेलकुद प्रतियोगितामा सात बिधालय सहभागी रहेको थियो भने खेल सात बिधामा खेलाइएको हो ।जसमा प्रथम गौमुखी मा बि खुङ ठुलाबेशी ,दोस्रो अर्खा मा बि अर्खा र तेस्रो महेन्द्र मा बि पुजा विजयी भएका छन।
प्रथम गौमुखी मा बि खुङ ठुलाबेशी
तेस्रो दोस्रो अर्खा मा बि अर्खा
महेन्द्र मा बि पुजा

खेलकुद विकास समितिका अध्यक्ष प्रदीप शाहीको अध्यक्षतामा भएको खेलकुद प्रतियोगितामा प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष महावीर राना विशेष अथितिमा प्रमुख प्रशासकिय अधिकृत खुम बहादुर थापा गौमुखी मा बि प्र अ माधबराज पोख्रेल रहनुभएको थियो ।

खेलमा विजय भएका विद्यालयका खेलाडिलाई प्रमुख अथिति,विशिष्ट अथितिले बधाई दिदै आगमी दिनहरुमा उज्वल भबिस्यको शुभकामना दिनु भएको थियो । कार्यक्रमको संचालन भने कवि के सि ले गरेका थिए।